बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडौं – गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्नेलाई रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ । सोमबार राती भएको उक्त घटनालगत्तै आयोजकले ती नेपालीलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएको हो ।

आयोजक संस्थाका नरेश गिरीका अनुसार ती व्यक्तिलाई अहिले रोमानियाको अध्यागमनमा हिरासतमा राखिएको छ । अध्यागमनले अब उनलाई अदालतमा पेश गर्ने जानकारी गिरीले दिए । ‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नाम दिइएको उक्त कन्सर्टमा गायक सपुतले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै थिए ।

मादक पदार्थ सेवन गरेको भनिएका ती व्यक्तिले क्यान बियरको बोतलले प्रहार गर्दा गायक सपुतको अनुहारमा चोट लागेको थियो । उनको नाम भने खुलाइएको छैन ।

यो पनि : गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

तपाईको प्रतिक्रिया