Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – उपत्यकामा श्रृंखलाबद्ध रूपमा ल्यापटप चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टमा बस्ने काठमाडौं १ नक्सालका ३९ वर्षीय सुबोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं १६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

जेठ २८ गते ललितपुरको मानभवनस्थित ग्लोबल लिंक टेक्नोलोजीमा चोरी भएपछि उनीहरूको खोजी भएको थियो । अनुसन्धानका क्रममा उनीहरूले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा चोरी गरेको खुलेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार उनीहरू दुवै जना लिभिङ टुगेदर बस्ने र मिलेर चोरी गर्ने गरेको पाइएको छ ।

दुवै जना चोरीमा संलग्न रहेको सिसिटिभी फुटेजबाट पनि पुष्टि भएको प्रहरीको दाबी छ । सुबोध यसअघि पनि चोरीकै मुद्दामा ९ महिना जेल बसेर छुटेको तथ्य फेला परेको छ । उनीहरूले चोरी गरेका सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको खुलेको छ । उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिर्ने गरेको र अन्य खर्च चलाउने गरेको बताएका छन् ।

उनीहरू अस्ट्रेलिया जाने तयारी गरिरहेको पनि खुलेको छ । त्यहाँ जान लाग्ने खर्च जुटाउनका लागि पनि आफूहरू चोरीमा लागेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया