शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ आगामी मंगलबार चार दिने भ्रमणका लागि चीन जान लागेका हुन् ।श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।

उनको टोलीमा गृह मन्त्रालयका सहसचिव सहितको प्रतिनिधित्व रहने जनाइएको छ । छिन्दुमा रहँदा उनले त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्नेलगायतका कार्यक्रम रहेको छ । उनी शुक्रवार स्वदेश फर्कने छन् ।

तपाईको प्रतिक्रिया