Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024

काठमाडौँ – टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरूलाई मृत्यु घोषणा गरिएको हो । सो सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, ‘बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको छ ।’

रोयटर्सका अनुसार क्यानडाली जहाजबाट खटाइएको रोबोट ड्राइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो,’ अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने। टाइटनका पाँचवटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन् ? भनेर कुनै उल्लेख गरिएको छैन।

 

तपाईको प्रतिक्रिया