Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले जितका लागि ३४० रनको बिशाल लक्ष्य पाएको छ । जिम्बावेको हारेर स्र्पोटस मैदानमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले पहिलो पावर प्लेमा उत्कृष्ट सुरुआत गरेपनि त्यसपछि कमजोर प्रदर्शन गरेपछि वेष्ट इण्डिजले बिशाल योगफल तयार गरेको हो ।

नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङमा उत्रिएको वेष्ट इण्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो । वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलास पुरानले शतक बनाए। पुरानले एक सय १५ रन जोडे भने होप १ सय ३२ रनमा आउट भए । नेपालका लागि ललितनारायण राजबंशीले ३ तथा सन्दीप लामिछाने, करन केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

सन्दीपले १० ओभरमा एक मेडन राखेर ५० रन खर्चिए। करनले १० ओभरमा ८१ रन खर्चिए।त्यस्तै ललितले १० ओभरमा ५२ रन दिएर ३ विकेट लिए भने,गुल्सनले ८ ओभरमा ६४ रन दिएर १ विकेट लिए ।

 

तपाईको प्रतिक्रिया