Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – बालेनले भारतीय चलचित्र प्रदर्शन गर्न नदिने र त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार भएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए आफू कुनै कानून र अदालतलाई नमान्ने बताएका छन्। बालेनले एक स्टेटस लेख्दै भनेका छन्, “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन।”

यस्तै चलचित्र आदिपुरुषका लेखकले नै “नेपाल भारतको अधीनमा थियो” भनिसकेपछि उनीहरूको नियत प्रस्ट हुने पनि बालनेले बताएका छन्। “यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर (भारतीय) फिल्म चल्दैन र चल्न दिइने छैन,” बालेनले लेखेका छन्।

बालेनले यसअघि भारतीय चलचित्र ‘आदिपुरुष’को संवादमाथि आपत्ति जनाउँदै उक्त संवाद नेपालमा मात्र नभई भारतमा समेत नसच्याए काठमाडौंमा भारतीय चलचित्र चल्न नदिने भन्दै तीन दिने अल्टिमेटम दिएका थिए। त्यसपछि काठमाडौं महानगरले नगर प्रहरी खटाएर सिनेमाघरमा चलचित्र प्रदर्शन बन्द गराएको थियो।

तपाईको प्रतिक्रिया