Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपालले आज वेस्टइन्डिजसँग खेल्दै छ । नेपाली टिम आईसीसी विश्वकप लिग टूको शीर्ष ३ मा रहँदै छनोट खेल्न पुगेको हो भने विश्व क्रिकेटमा सफल मानिने वेस्टइन्डिज भने शीर्ष ८ मा नपर्दा भारतमा हुन लागेको विश्वकपमा स्थान बनाउनका लागि छनोट खेलिरहेको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार पौने १ बजे सुरुहुने छ ।

नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । आज आफ्नो तेस्रो खेल खेल्न लागेको नेपालले वेस्टइन्डिजविरुद्ध जित निकाल्दै सुपर सिक्सको सम्भावना कायमै राख्ने प्रयासमा रहेको छ । तर, एक दिवसीय विश्वकप नै २ पटक जितिसकेको वेस्टइन्डिजसँग नेपाललाई जित निकाल्न भने निकै कठिन हुने अनुमान गरिएको छ । नेपाल र वेस्टइन्डिज आज पहिलो पटक आमने सामने हुने छन् ।

वेस्टइन्डिजले पनि आज नेपालविरुद्ध जित निकाल्दै सुपर सिक्स नजिक पुग्ने लक्ष्यमा हुने छ । समूह एमा जिम्बाबे लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने वेस्टइन्डिज आफ्नो पहिलो खेल जित्दै दोस्रो स्थानमा छ । नेपाल भने एक खेलमा हार र एक खेलमा जितका साथ अहिले तेस्रो स्थानमा रहेको छ । यो समूहमा रहेको अमेरिकाले लगातार २ खेल गुमाएको छ भने नेदरल्याण्ड्सले पनि आफ्नो पहिलो खेल गुमाएको थियो । यस्तै, आजै नेदरल्याण्ड्स र अमेरिकाबीचको खेल पनि दिउँसो पौने १ बजे सुरुहुने छ । दुवै टिम पहिलो जितको खोजिमा छन् ।

 

तपाईको प्रतिक्रिया