Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – कप्तान सुनिल क्षेत्रीको ह्याट्रिकमा भारतले साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा पाकिस्तानमाथि सानदार जित दर्ता गरेको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले छिमेकी प्रतिद्वन्द्वी पाकिस्तानलाई ४-० ले पराजित गरेको हो । भारतका लागि कप्तान सुनिलले ३ गोल गर्दा उदान्ता सिंहले १ गोल गरे । भारत खेलको १५ मिनेटमा नै २-० को अग्रता लिन सफल रहेको थियो ।खेलको आठौं मिनेटमा पाकिस्तानका गोलरक्षक सकिब हानिफको गल्तीलाई सुनिलले गोलमा परिणत गरेका थिए । बल क्लियर गर्ने क्रममा हानिफको प्रहार चुक्दा सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट बायाँ खुट्टाले खाली पोस्टमा सहजै गोल गरे ।

१५ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि नेपाली रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएका थिए । उक्त पेनाल्टीलाई सुनिलले गोलमा परिणत गरेपछि भारत २-० ले अघि बढेको थियो । पहिलो हाफको अन्त्यमा भारतका प्रशिक्षक इगोर स्टिमाकले पाकिस्तानको थ्रो इन रोक्न पुग्दा रेफ्री क्षेत्रीले रातो कार्ड देखाए ।प्रशिक्षक विहिन भएपनि भारतको आक्रमणको सिलसिला भने रोकिएन । ७४ औं मिनेटमा भारतले अर्को पेनाल्टी पायो । सुनिललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई गोलमा परिणत गर्दै भारतीय कप्तानले ह्याट्रिक पूरा गरे ।

८१ औं मिनेटमा भारतले अर्को गोल थप्यो । अनवर अलीले डिफेन्स लाइनबाट खेलेको उत्कृष्ट लामो पासलाई उदान्ता सिंहले गोलमा परिणत गरे । अनवरले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासमा उदान्ताले हनिफलाई वन भर्सेस वनमा बिट गर्न सफल रहे । यस जितसँगै भारत र कुवेतको ३-३ अंक भएको छ । भारत गोलअन्तरमा अघि छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३-१ को हार बेहोरेको थियो ।

 

तपाईको प्रतिक्रिया