Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन् । मेयर शाहको पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।

मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन् । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका गतिविधिमा उनको असन्तुष्टि छ । मेयर शाहले आफू नियुक्त हुनेबित्तिकै उनलाई सल्लाहकार नियुक्त गरेका थिए ।

गत वर्ष भदौमा काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा नियुक्त अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो । उनले टिच फर नेपालको ५ वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया