Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले आज बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । हिजो मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । बझाङ जाने क्रममा मंगलबार केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटनामा मन्त्री सिंह सहित उनको श्रीमती र भाउजूको पनि ज्यान गएको छ ।

 

तपाईको प्रतिक्रिया