Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

काठमाडौं – बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता र भाउजू जयदेवी सिंहको मृत्यु भएको हो ।

उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पुष्टि गरे । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर शक्त घाइते बनेका मन्त्री पृथ्वीबहादुर सिंह,चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको छ । डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

तपाईको प्रतिक्रिया