Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सवार गाडी दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंहसहित पाँच जना घाइते भएका छन् ।

बझाङको केदारस्युँ गाउँपालिकाको झरछडा भन्ने ठाउँमा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेमध्ये मन्त्रीसहित चार जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी भरत बहादुर बोहोराले लोकान्तरलाई जानकारी दिए ।

उनकाअनुसार गाडी चालक धर्मराज जोशीको अवस्था भने सामान्य छ ।गाडीमा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता, उनकी भाउजू, पीएसओ दिपक भण्डारी सवार थिए । उनीहरू सबैको अवस्था गम्भीर छ । उनीहरूको हाल स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको उनले बताए । थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो ।

तपाईको प्रतिक्रिया