Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्तासमेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताए ।

‘संसद् सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ । मर्यादापालक दाजुभाइ दिदीबहिनीहरू १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन,’ उनले भने, ‘यो यहीभित्र विभेद भएको छ । आँखा अगाडिको यो बेथिति हेरिरहँदा लज्जाबोध हुन्छ । ’ संघीय संसद् सचिवालयको छानो टाल्न आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएको भन्दै छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग उनले माग गरे ।

 

तपाईको प्रतिक्रिया