Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले प्रतिगामी र प्रश्चगामी शक्तिलाई टाउको उठाउन नदिने चेतावानी दिएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले निराश नभइ फेरी एकपटक परिवर्तनका लागि उभिन आह्वान गरेका छन् ।

‘नेपाली राजनीतिमा नयाँ मोड लिँदै समाजवादी मोर्चा गठन भएको छ । कुनै पनि मुल्यमा प्रतिगामी र पश्चगामी शक्तिलाई टाउको उठाउन दिनुहुन्न । सरकारमा भएको पार्टी र जनताकोबीचमा भएको पार्टी एक ठाउँमा उभिएका छौं । मोर्चाले परिवर्तनको रक्षा गर्छ । समाजवादको रक्षामा हामीले दृढ संकल्प गरेका छौं’, उनले भने ।

परिवर्तनबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै निराश नभइ दलाल पुँजीवादीकाविरूद्ध उभिन उनले आह्वान गरे ।

तपाईको प्रतिक्रिया