शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

काठमाडौं – निरन्तर नौ दिन बढेको सेयर बजारमा मापक नेप्से परिसूचक आज ०.१४ प्रतिशतले घटेको छ । सोमबार २.९४ अंकले घटेर २०९१.३९ को बिन्दुमा झरेको छ । आज २७६ धितोपत्रका एक करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर चार अर्ब ७२ करोड ६ लाख आठ हजार ८८० रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स भने ०.४७ प्रतिशतले बढेर ३९२.२८ बिन्दु कायम भएको छ ।

यस्तै, आज १३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । आठवटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।आज फाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक ५.२२ प्रतिशतले बढेको छ ।आज सेन्ट्रल फाइनान्स कम्पनी, लक्ष्मी इक्विटी फन्ड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य सार्वधिक १० अंकले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

 

तपाईको प्रतिक्रिया