Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौँ – संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ । मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।

फेरि बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर जाने वा नजाने भन्ने विषयमा अहिले निर्णय भइनसकेको उनले बताए । प्रधानमन्त्री ‘प्रचण्ड’ आज दिउँसो बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम थियो ।

 

तपाईको प्रतिक्रिया