Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नागोया – जापानकै पहिलो क्षेत्रीय समिति एनआरएनए नागोयाको अधिवेशन नागोयामा सम्पन्न भएको छ । आइतबार सम्पन्न नागोयाको यो ९औँ अधिवेशन हो ।कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ थिए भने कार्यक्रमको अध्यक्षता एनआरएनए क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले गरेका थिए । क्षेत्रीय सचिव विष्णुबहादुर कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा सहसचिव सरोज वडालले कार्य प्रतिवेदन तथा कोषाध्यक्ष यमबहादुर पाइजा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य भने क्षेत्रीय समिति उपसंयोजक यमन देवानले राखेका थिए । एनआरएनए क्षेत्रीय समिति नागोयाले ९ औँ अधिवेशनमा आइपुग्दा २० लाख भन्दा बढी रकम बचत गर्न सफल भएको छ । नागोयामा आयोजना गरिएको नेपाल फेष्टिबलमा राम्रो बचत गर्न सकिएको बताइएको छ ।फेष्टिबल सफल गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै तत्कालीन नेपाल फेष्टिबल नागोयाका संयोजक एवं एनआरएनए आईसिसि सदस्य दीपक कार्की, जापान आएका नेपालीहरूलाई जापनिज भाषा तथा जापानको कानुन बारेमा तालिम प्रदान गरेकोमा प्रतीक कार्की र भानु पुरीलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपाने, जनजाति महासंघ जापानका पूर्व अध्यक्ष सुमन राई, तोकाई बाटिका इन्टरनेशनल स्कुलका अध्यक्ष डा सुदिप अधिकारी, गल्कोट समाज जापानका संरक्षक मोहन खत्रीले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।शुभकामना मन्तव्य राख्नेहरूमा एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, उपाध्यक्षहरू रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, संगिता अधिकारी (सुवेदी), वरिष्ठ उपाध्यक्ष नवीन निउरे, एशिया प्यासिफिक संयोजक पारशमणि पोखरेल, एनआरएनए आईसिसि सदस्य दीपक कार्की, उपाध्यक्ष गोविन्दप्रसाद श्रेष्ठ, अर्को उपाध्यक्ष महेश कुमार श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।अधिवेशन लगतै नयाँ बन्ने समिति सर्वसम्मत चयन गर्न निर्वाचन समिति र उमेदवारहरूबीच छलफल कार्यक्रम गरी सर्वसम्मत गर्ने प्रयास गरिएको थियो । सर्वसम्मत हुन नसकेपछि आगामी जुन २४ तारिख फेरि निर्वाचन समिति र उमेदवारबीच छलफल गरी निष्कर्षमा पुगिने निर्वाचन समिति सदस्य डा सरोज कँडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया