बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडौं – काठमाडौं महानगरपालिकामा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिने भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरका प्रमुख बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन ३ दिनको अल्टिमेटम दिएका थिए । तर उक्त चलचित्रमा नेपालमा आपत्तिजनक सन्देश हटाएपनि भारतमा निर्बाध रूपमा चलिरहेको छ ।

उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाएको मेयर शाहले जनाएका छन् ।

तपाईको प्रतिक्रिया