Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोशिमा कार्कीले भक्तपुरस्थित शहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रले डायलायसिस गर्दा औषधिमा ठगेको आरोप लगाएकी छन् । प्रतिनिधिसभामा बोल्दै सांसद कार्कीले केन्द्रले डायलासिस गराउनुपर्ने बिरामीहरूलाई औषधिमा ठगी गर्दै आएको बताएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइतबारको बैठकमा बिल देखाउँदै कार्कीले केन्द्रले इपोफिट नामक औषधिमा ७५ प्रतिशत नाफा खाएर डायलायसिस गराउने बिरामीहरूलाई बेच्दै आएको बताइन् ।

उनले भनिन्- ‘निकै लाजमर्दो विषय उठान गर्दैछु। राज्यको ठगीको नमुना छ। मसँग सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रको बिल छ। यो स्वास्थ्य बिमीत डायलायसिस गराइरहेका बिरामीको बिल हो। यसमा इपोफीट नामक औषधिको बिक्री मूल्य एक हजार चार सय ५ रुपैयाँ छ। यसको खाली खोल पनि मसँगै छ। जसमा अधिकतम खुद्रा बिक्री मूल्य पाँच सय भारतीय मूल्य अर्थात् नेपाली आठ सय रुपैयाँ पर्न आउँछ। २० प्रतिशत लिन अधिकतम पाउनेमा यहाँ अधिकतम ७५ प्रतिशत बढी लिइएको छ।’

राज्यले कति नाफा मात्र खाएसम्म कालोबजारी नमानिने भन्दै सरकारलाई प्रश्न गरिन् । कार्कीले भनिन्- ‘यसरी संस्थागत रूपमै स्वास्थ्य बिमाबाट नागरिकलाई भुक्तानी हुन्छ भन्दैमा ठग्न मिल्छ। हप्तामा तीन पटकसम्म डायलायसिस गराउनुपर्ने नागरिकलाई गरिबलाई राज्यले यसरी लुट्ने ? स्वास्थ्य बिमालाई धराशायी बनाउन सरकारी संस्थाहरू पनि नीतिगत रूपमै संलग्न देखिए। यस्ता ठगीलाई तत्कालै कारबाही गरियोस् ।’

तपाईको प्रतिक्रिया