आइतबार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

टोकियो – जापानले गत वर्ष (२०२२) मा १.२९ मिलियन भिसा जारी गरेको छ । यहाँका सरकारले सार्वजनिक गरेको विवरणअनुसार २०२२ मा विदेशी नागरिकहरूलाई १.२९ मिलियन भिसा जारी गरिएको हो ।

जुन अघिल्लो वर्षको तुलनामा लगभग १४ गुणाले बढीमात्र होइन, तीन वर्षमा पहिलो वृद्धि हो । विवरणअनुसार मुख्य रूपमा विद्यार्थी र प्राविधिक इन्टर्न भिसामा ठूलो वृद्धि भएको छ । महामारीको समयमा यो संख्या तीव्र रूपमा घटेको थियो । २०२० मा १.१२ मिलियन भिसा जारी गरिएको थियो ।

त्यसपछि कोरोना कोरोनाभाइरस संक्रमणलाई रोक्न सीमा नियन्त्रणहरू कडा गर्न गरियो । सो अवधि अर्थात २०२१ मा ९० हजार ३०६ मात्र भिसा जारी भएको थियो । जुन सन् १९९९ मा तुलनात्मक डाटा उपलब्ध भएयताकै सबैभन्दा कम संख्या हो ।

तपाईको प्रतिक्रिया