Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कालीमाटी तरकारी बजारका व्यापारीहरूले उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फ्याँकेका छन् । आइतबार बजारमा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरूले बजार परिसरभित्र गोलभेँडा फ्याँकेका हुन् ।

कालीमाटी थोक तथा खुद्रा बजार समितिकाअनुसार आइतबार बिहान करिब ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकेर विरोध गरिएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि सानो गोलभेँडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ ।

तर,काठमाडौँमा खुद्रा बजारमा प्रतिकिलो न्यूनतम ३० रुपैयाँसम्म गोलभेँडा बिक्री भइरहेको छ । कालीमाटीकै केही तरकारी व्यापारीहरूले भने मूल्य बढाउन यसो गरिएको आशंका गरेका छन् ।

गोलभेँडा फालेका व्यापारीहरूले भएन किलोको ४ रुपैयाँमा पनि गोलभेँडा बिक्री नभएको दाबी गरेका छन् । यसअघि केही महिना अघि उचित बजार मूल्य नपाएको भन्दै चितवनका किसानले पनि गोलभेँडा सडकमा फ्याँकेका थिए ।

तपाईको प्रतिक्रिया