शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनको मुटुमा समस्या भएपछि शनिबार बिहान त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमामा भर्ना भएका थिए ।

उनको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएको थियो। गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: समस्या देखिएको हो ।

तपाईको प्रतिक्रिया