Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले स्वयम्भू नाथको ऐतिहासिकता झल्किने खालको खुल्ला संङ्ग्राहलय आवश्यक भएको बताएका छन् । शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले, आयोजना गरेको स्वयम्भू परिसर सरसफाई कार्यक्रममा सहभागी मन्त्री किरातीले, खुला संग्राहलय बनाएर विश्वलाई स्वयम्भूको पौराणीक कथा र महत्व बुझाउन प्रयत्न गर्नुपर्ने धारणा राखेका हुन्।

बौद्ध ग्रन्थहरुमा स्वयम्भूनाथ उत्पति भएका विभिन्न कथाहरु उल्लेख गरिएको भन्दै सबै कथाहरुलाई खुल्ला संङ्ग्राहलयको रुपमा स्वयम्भूनाथ परिसरका भित्ताहरुमा राख्न सके अझै आकर्षक देखिने उनको भनाइ छ।‘बुद्ध दर्शनको ग्रन्थहरुमा कथा र मिथहरुमा यो दश लाख वर्ष अगाडी पानी हुनु भन्दा पनि अगाडी मान्छेको बसोबास गर्ने विवरण कथाहरुमा उल्लेख छन्। यो सारा कथाहरुलाई खुल्ला संङ्ग्राहलयको रुपमा हाम्रो भित्ताहरुमा कथाहरु बोल्ने बनाउन पाए संसार भरीको लागि यो आँखा त त्यसै छ,आँफै आकर्षछ हुन्छ भन्ने लाग्छ’उनले भने।

उनले नेपाली सम्पदालाई अझै विश्वमा चिनाउन नसकेको भन्दै संस्कृतिको सम्मान र संरक्षणका लागि सबै लाग्नुपर्ने बताए। सरसफाई कार्यक्रममा पुगेका मन्त्री किरातीसहित, लोक दोहोरी कलाकार तथा स्वतन्त्र व्यक्तिहरुको ठूलै समूहले सम्पदा सरसफाईमा ऐक्यवद्धता जनाउँदै आज स्वयम्भू नाथ मन्दिर परिसर सरसफाई गरेका छन्।

 

तपाईको प्रतिक्रिया