Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निर्दोष भएको दाबी गरेका छन् । जिल्ला अदालत, काठमाडौँले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि अदालत परिसरबाट बाहिरिनेक्रममा खाँणले यस्तो दाबी गरेका हुन् ।

पत्रकारहरूलाई संरक्षित प्रतिक्रिया दिँदै खाँणले यो घटनामा आफू संलग्न नभएको बताए । साथै उनले उच्च अदालतबाट न्याय हुने आशा समेत व्यक्त गरे । उनले भने, ‘यो घटनामा म सामेल थिइनँ । म निर्दोष छु । अब उच्च अदालतबाट न्याय हुन्छ होला ।’

तपाईको प्रतिक्रिया