Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई शपथ खुवाएका हुन्। कार्की आजै प्रधानन्यायाधीश नियुक्त भएका थिए।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अङ्गका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल बार एशोसिएशनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुख उपस्थित थिए। यसअघि आजै संसदीय सुनुवाइ समितिबाट कार्कीको नाम अनुमोदन भएको थियो। उनले आउँदो साउनसम्म सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन्।

तपाईको प्रतिक्रिया