Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं  – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । महानगरले प्राधिकरणको त्रिभुवन विमानस्थल क्षेत्रमा फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधको हो ।

‘तारबार फेन्सिङ काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ?,’ पत्रमा भनिएको छ ।

प्राधिकरणले सात दिनभित्र लिखित जवाफ दिन भनेको छ । प्राधिकरणले बालेनसहित वडा नम्बर ९ का वडाध्यक्ष र राजेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको छ । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५१ बमोजिम पत्र प्राप्त भएको ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन प्राधिकरणको जेठ ३२ निर्णयानुसार जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया