Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – वंशाणुगत जन्डिस रोगबाट लामो समयदेखि पीडित रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका थिए ।

सो अवसरमा उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्णरुपमा स्वस्थ भएर स्वदेश फर्केको बताएका थिए । वंशाणुगत जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्रीसमेत रहेका नेता पुन गत फागुन १ मा चीनको थर्ड पिपल्स अस्पताल गएका थिए ।

तपाईको प्रतिक्रिया