Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – अवैध सट्टेबाजी प्लेटफर्म एप ‘वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

जसमा नेपाली कलाकार ‘बल्छी ध्रुबे’ मरिचमान श्रेष्ठ, राजुमास्टर उर्फ राजु पौडेल, ‘म्याकुरी’ पवन खतिवडा, भटभटे माइला भन्ने बेगम नेपाली, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धानमा राखेको थियो ।

तपाईको प्रतिक्रिया