Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरूसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही माग गरेका थिए । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको उक्त कार्यक्रमबाट पक्राउ परेकाहरूलाई बानेश्वर वृत्तमा राखिएको छ ।

तपाईको प्रतिक्रिया