Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो ।

उनी शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका थिए । असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।

यस्तै वर्तमान मुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया