शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ९ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकले मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको बताइन्छ । वर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राजदूत बनाएर पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको हो ।

नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुन् । उनी मुख्यसचिव नियुक्त नभए असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जानेछन् ।

तपाईको प्रतिक्रिया