Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मृगौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो, जुन औसत पुरुष मृगौलाको तौलभन्दा पाँच गुणा बढी थियो । कूञ्जको मृगौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो । औसत मृगौला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ ।

‘जुन १ मा कोलम्बो आर्मी अस्पतालमा एक ठूलो शल्यक्रियामार्फत मृगौलामा रहेको अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो पत्थरी निकालिएको थियो,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कूञ्जले स्थानीय स्वर्णवाहिनी टिभीसँग कुरा गर्दै सन् २०२० देखि पेट दुखेको र मुखको औषधिले सहयोग नगरेको बताए । उनले भने, ‘हालैको स्क्यान (परिक्षण) पछि मलाई शल्यक्रिया गर्न भनिएको थियो । म अहिले सामान्य महसुस गरिरहेको छु ।’

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मृगौलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड गरिएको थियो । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले मान्यता दिएपछि अधिकारीहरूले बुधबार उक्त खोजको घोषणा गरेका हुन् । ‘हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पत्थरी निकालेपछि मृगौलाले सामान्य रुपमा काम गरिरहनु हो र यसमा हाम्रो टोली सफल भएको छ,’ सेनाका सर्जन के. सुदर्शनले भने ।

मृगौलामा खनिज पदार्थ र लवण क्रिस्टलीकृत हुँदा रगतलाई फिल्टर गर्दा पत्थरी जम्मा हुन्छ । यदि पत्थरीहरू धेरै ठूलो छन् भने नियमित सकुलेसनमा कष्टदायी पीडा हुन सक्छ र तिनीहरू अड्किएका छन् भने शल्यक्रिया को आवश्यकता पर्दछ ।

तपाईको प्रतिक्रिया