Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौं – अमेरिकाको न्यूयोर्क शहर प्रवासीहरुका लागि विश्वकै सबैभन्दा महँगो शहर बनेको छ । एक नयाँ अध्ययन अनुसार, न्यूयोर्क २०२३ को लागि संसारको सबैभन्दा महँगो शहर बनेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसले हङकङलाई पछाडि पारेको छ । जेनेभा र लन्डन यस सूचीमा तेस्रो र चौथो स्थानमा छन्। योसँगै सिंगापुर शीर्ष पाँचको अन्तिम स्थानमा पुगेको छ । ईसीए इन्टरनेशनलले गरेको अध्ययनमा विश्वका महंगा शहरको सूची सार्बजनिक गरिएको छ ।

इसीए इन्टरनेशनलले बढ्दो मुद्रास्फीति र बढ्दो आवास लागतलाई न्यूयोर्क आफ्नो जीवनयापनको मूल्याङ्कनमा शीर्ष स्थानमा रहेको कारण बताएको छ । गत वर्ष जारी गरिएको वरियतामा सिंगापुर १३औं स्थानमा थियो । जहाँबाट उनी यसपटक शीर्ष पाँचमा पुगेको छ ।

र्‍याङ्किङका सम्बन्धमा ईसीए इन्टरनेशनलका एसियाका क्षेत्रीय निर्देशक ली क्वानले दक्षिणपूर्वी एसियाली वित्तीय केन्द्रको वृद्धि मुख्यतया घरको लागतमा भएको ठूलो वृद्धिका कारण भएको बताए ।

रिपोर्टका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनको आर्थिक नीतिका कारण जीवनयापनको मूल्यमा ८० प्रतिशत बृद्धि भएकोले सबैभन्दा बढी प्रभाव यस वर्ष इस्तानबुलमा देखिएको छ । जुन गत वर्षको वरियताको तुलनामा ९५ स्थान माथि उक्लिएर १०८औं स्थानमा पुगेको छ ।

इसिए इन्टरनेशनलको सर्वेक्षणले दुबईको भाडा रुसी प्रवासीहरूको आगमनले झन्डै एक तिहाइले बढेको छ, जसले शहरलाई १२औं स्थानमा उकालेको छ । साथै अधिकांश युरोपेली शहरहरूको रैंकिंग बढेको छ । कमजोर मुद्राका कारण नर्वे र स्वीडेनका सहरहरू वरीयतामा तल झरेका छन् । साथै कमजोर मुद्राको प्रभाव र अन्य देशको तुलनामा कम मुद्रास्फीति दरका कारण चिनियाँ सहरहरू क्रमशः तल झरेका छन् । साथै, बलियो डलर र उच्च मुद्रास्फीतिका कारण सबै अमेरिकी शहरहरूको र्‍याङ्किङ बढेको छ ।

ईसीए इन्टरनेशनलले विश्वभरका १२० देश र क्षेत्रका २०७ सहरहरूको वरीयता सार्वजनिक गरेको छ । यसका लागि उसले उपभोक्ता सामान र सेवाहरूको लागतको विश्लेषण गर्दछ ।

प्रवासीहरूका लागि संसारका शीर्ष २० महंगा शहरहरु:

१- न्यूयोर्क- अमेरिका
२- हङकङ, चीन
३- जेनेभा, स्विजरल्याण्ड
४- लन्डन, बेलायत
५- सिंगापुर
६- जुरिच, स्विजरल्याण्ड
७- सान फ्रान्सिस्को, अमेरिका
८- तेल अवीव, इजरायल
९- सियोल, दक्षिण कोरिया
१०- टोकियो, जापान
११- बर्न, स्विजरल्याण्ड
१२- दुबई, संयुक्त अरब इमिरेट्स
१३- सांघाई, चीन
१४- गुआन्झाउ, चीन
१५- लस एन्जलस, अमेरिका
१६- शेन्जेन, चीन
१७- बेइजिङ, चीन
१८- कोपेनहेगन, डेनमार्क
१९- अबु धाबी, संयुक्त अरब इमिरेट्स
२०- शिकागो, अमेरिका

तपाईको प्रतिक्रिया