Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार स्वदेश फर्किने भएका छन् । चीनमा उपचाररत नेता पुनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि शुक्रबार नेपाल फर्कने उनको सचिवालयले जनाएको छ ।

पूर्वमन्त्री पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुन १ गते चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । चिकित्सकका अनुसार सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुन्छ ।

यस अघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो । जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंकक गएका थिए । बैंककमा उपचार सफल नभएपछि त्यसपछि उनले चीनको सेनजेनमा उपचार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया