Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सी कारोबार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत् सट्टेबाजी गरेर करोडौंको कारोबार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

वान एक्स वेटबाट सट्टेबाजी गर्नेमध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड बढीको कारोबार गरेको अनुसन्धानमा देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिएका छन् ।

पक्राउ परेका अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोबार गरेको देखिएको केसीले बताए । पक्राउ परेका लामिछानेसँग ३५ लाख नगद पनि बरामद गरिएको केसीले बताए । पक्राउ परेका व्यक्तिहरूबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने प्रमाणहरू फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया