बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको भाउ नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

 

तपाईको प्रतिक्रिया