आइतबार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

काठमाडौँ – नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा २५ को उपधारा १३ अनुसार देउवा स्वदेश फिर्ता नभएसम्मका लागि खड्कालाई कार्यवाहक तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया