बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडाैं – काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् ।

ती व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन् । उनलाई अहिले उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ । आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया