Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युरोपियन युनियन (ईयु)ले नेपाली जहाजमाथि लागेको प्रतिबन्ध यथावत राखेको छ ।

युरोपका २८ देशको राजनीतिक तथा आर्थिक संस्था ईयुले ती राष्ट्रको आकाशमा नेपाली जहाजलाई ८ वर्षयता प्रतिबन्ध लगाएको छ । अघिल्लो साता सार्वजनिक नयाँ प्रतिवेदनमा हरेक ६/६ महिनामा सार्वजनिक हुने ईयुको सेफ्टी लिस्ट (कालोसूची)मा नेपालको हवाई सेवालाई निरन्तरता दिइएको हो ।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको उल्लेख गरेको छ । तर पनि ईयुले ‘सेफ्टी लिस्ट’बाट नेपाललाई नहटाएको हो । ईयुले हवाई सेवा प्रदायक र नियामक गरी छुट्टै निकाय बनाउन आग्रह गर्दै आएको छ । सरकारले विधेयक बनाएर अघि बढाए पनि त्यो पास हुन सकेन ।

आगामी आर्थिक वर्षको बजेटमा नेपाल उड्डयन प्राधिकरणलाई टुक्राउने उल्लेख गरिएको छ । अन्तराष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससंगै आन्तरिक उडान गर्ने सबै कम्पनीलाई सेफ्टी लिस्टमा राखेको छ ।

तपाईको प्रतिक्रिया