Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतले आज बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री महतले सांसदहरू आगामी आर्थिक वर्षकाे बजेटबारे उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री महतले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि संसदमा बजेटमाथि छलफल सुरू भएको थियो। उक्त छलफल आइतबार सकिएको छ।

छलफलका क्रममा सत्तापक्ष दलकै सांसदहरूले बजेटमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका सांसद गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल लगायतले बजेटमाथि प्रश्न उठाएका थिए। छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले सोमबार दिनेछन् ।

 

तपाईको प्रतिक्रिया