Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – जापानमा मनसुन सुरु भएको छ । यहाँको मौसम एजेन्सीले देशभर वर्षाको मौसम आधिकारिक रूपमा सुरु भएको घोषणा गरेको हो ।

मनसुनी वायु करिब दुई साताअघि प्रवेश गरेको भएपनि देशभर फैलिएको थिए । ‘उत्तरपूर्वी र मध्य क्षेत्रमा पहिले नै चिसो मौसमको अनुभव गरिसकेका छन्, मौसम एजेन्सीले आइतबार भन्यो, ‘अब वर्षाको मौसम आधिकारिक रूपमा सुरु भयो ।’

यस वर्षको वर्षाको मौसम पहिलो पटक दक्षिणी जापानको ओकिनावा क्षेत्रमा र दक्षिणपश्चिमी कागोशिमा प्रिफेक्चरको अमामी क्षेत्रमा मे १८ मा घोषणा गरिएको थियो । ओकिनावाको लागि यो औसत वर्ष भन्दा आठ दिन ढिलो हाे ।

पश्चिमी जापानका क्षेत्रहरू मे २९ मा वर्षाको मौसममा प्रवेश गरेको थियो । जबकि टोकियो र नजिकैका प्रान्तहरूमा बिहीबार औसतभन्दा एक दिन ढिलो सुरु भएको हो ।

तपाईको प्रतिक्रिया