काठमाडौं – सिनामंगलमा प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । आइतबार बिहान विमानस्थलअगाडि सिनामंगलस्थित शम्भुमार्गमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका लागुऔषध कारोबारी भारतीय नागरिक विकास भगत रहेको खुलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले चलाएको गोली लागी भगत घाइते भएका हुन् । उनलाई काठमाडौं मेडिकल कलेजमा उपचारका लागि राखिएको छ । उनको घुँडा मुनिको भागमा गोली लागेको छ ।
उनको साथबाट सय ग्राम ब्राउन सुगर बरामद गरिएको पनि ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जनाए । उनीसँगै रहेका अरू तीन/चार जना भने फरार भएका छन् ।