Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिउताउन आह्वान गरेका छन्। शनिवार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिउताउन आफू तयार रहेको बताए। उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भए तत्कालीन नेकपा बिउताउन तयार रहेको बताए।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि लगाए। उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसी नरहने जिकिर गरे। उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए।

नेपालले भने, ‘कमरेड विप्लव, जसपा नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो। हामीले छलफल गर्‍यौँ, हामी ४ पार्टी एक ठाउँमा छौँ भने एउटा मोर्चा बनाऔँ, शक्ति परिचालन गरौँ। हामीले छिटै यसबारे मिलेर अघि बढ्ने सोच बनाएका छौँ। प्रचण्डजी आउनुहोस्, केपीजी तयार हुन्छन् ? हामी तयार छौँ। नेकपा फेरि बिउताऔँ।’ अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको दाबी गरे। उनले राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने बताए।

 

तपाईको प्रतिक्रिया