Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताएका छन् । अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ । हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन्’, जेलेन्स्कीले भनेका छन् । तर उनले जवाफी आक्रमणको विवरण भने नदिने बताएका छन् । पछिल्लो समाचार अनुसार युक्रेनी सेना देशको पूर्वी भागमा रहेको बख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि एउटा आन्तरिक बैठकमा युक्रेनले जवाफी आक्रमण गरेको स्वीकार गर्दै चुनौतीको सामना गर्न सेनालाई निर्देशन दिएको खबरमा उल्लेख छ ।

अमेरिकाले दिएका अत्याधुनिक एफ–१६ लडाकु जहाज, जर्मनीले दिएका लियोपार्ड-२ ट्याङ्क, बेलायतले दिएका च्यालेञ्जर्स-२ ट्याङ्क लगायतको सहायतामा युक्रेनी सेनाले रुसविरुद्ध सफलता प्राप्त गइरहेको पनि राष्ट्रपति जेलेन्स्कीले दावी गरेका छ ।

तपाईको प्रतिक्रिया