Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैँ – संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल हुनेछ । साथै आजकै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले बजेटबारे उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यसैबीच संसदको राष्ट्रिय सरोकार त्था समन्वय समितिको बैठक पनि आज बिहान साढे ११ बजेबाट बस्दैछ । बैठकमा सुरक्षासम्बन्धी नीति, संस्थागत संरचना, राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धी छलफल हुनेछ ।

 

तपाईको प्रतिक्रिया