बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – म्यानचेस्टर सिटीले यस सिजनको युइएफ़ए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा दोस्रो पटक फाइनल खेल्दै उपाधि जितेको छ । यसअघि २०२१ मा उपविजेता बनेको थियो ।

तपाईको प्रतिक्रिया