Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – सुनकोशी नदीमा गत शुक्रबार जीप दुर्घटना हुँदा बेपत्ता सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव आठ दिनपछि उदयपरमा भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिकालठ-५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव भेटिएको हो ।

शनिबा) भुर्तेलको शव उदयपुर कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव यसअघि नै सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट १५० मिटर तल जीपसँगै फेला पारेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जीप मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्ड अन्तर्गत गोलञ्जोर गाउँपालिका-७ को लौकुनमा दुर्घटना हुँदा सीटीईभीटीका तीन अधिकारीहरूको मृत्यु भएको हो । जीपका चालक भने दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाहिर निस्किन सफल भएका थिए ।

दुर्घटनापछि जीप र यात्रु बेपत्ता हुँदा सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद व्यवस्थान टोलीले सुनकोशी नदीमा पाँच दिनपछि जीप र दुई यात्रुको शव निकालेको थियो । त्यसमा सवार एक जनाको शव भने शनिबार भेटिएको हो ।

खोजीको क्रममा सुरक्षाकर्मी टोलीले सुनकोशी नदीको बहाव नै परिवर्तन गरेको थियो । बेपत्ताहरूको खोजीको क्रममा करिब २० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसका लागि चारवटा स्काभेटर, तीन वटा जेसीबी, डोजर, पाँच वटा टिपर र ट्याक्टरको प्रयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया