Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया