Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – थ्रिलर चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको हो ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ । नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको सिनेमालाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । शर्मिला पाण्डे सिनेमाकी निर्मात्री हुन् ।

दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ । सिनेमामा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया