Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौँ – समसामयिक विषयमा सामाजिक सञ्जालमार्फत चोटिलो ब्याङ्ग्य गर्न माहिर छन् कलाकार दीपकराज गिरी । सामाजिक सञ्जालमा अहिले ‘ग्रेटर नेपाल’ को चर्चा गर्माएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि यो विषय सामाजिक सञ्जालमा गर्माएको हो ।

यतिबेला अधिकांश मानिसहरूले आफ्नो सामाजिक सञ्जालमा ग्रेटर नेपालको नक्साले रंगाएको देख्न सकिन्छ । यस विषयमा कलाकार दीपकराज गिरीले भने बालेन र अन्य नेतालाई तिखो व्यङ्ग्य गरेका छन् । ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् ? भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।’

तपाईको प्रतिक्रिया